ABC Samachar नेपाली English मिति: २०६७ भाद्र २२, मंगलवार
गृहपृष्ठ समाचार खेलकुद मनोरन्जन साहित्य अन्तर्वार्ता फोटोहरु भिडियोहरु सम्पर्क विज्ञापन समाचार पठाउनुहोस्
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
खेल
एसीसी ट्रफी क्रिकेटमा नेपालद्वारा कुवेत ८ विकेटले पराजित, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
ए बि सि समाचार डट् कम् सम्वाददाता   (२०६६ चैत्र २४, मंगलवार) text size increase   text size decrease   Print    rss

आयोजक कुवेतमाथि आठ विकेटको सानदार जीत दर्ता गराउँदै नेपाल एसीसी ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार चौथो जितसँगै नेपाल समूह विजेता बन्न सफल भएको हो। टस जिति नेपालले पहिले कुवेतलाई ब्याटिङको लागि मैदानमा उतार्‍यो। कप्तान पारस खड्काको यो निर्णयलाई सञ्जम रेग्मी र बिनोद दासले सहि सावित गर्दा कुवेत बयालिसौं ओभरमा एकसय बीस रनमा अल आउट हुन पुग्यो।
 
 केवतका सादले छब्बिस र सेफुलले एक्काईस रन जोड्दा अन्य ब्याट्सम्यान नेपाली बलर सामु क्रिजमा टिक्न सकेनन्। विनोद र महबुबले कुवेतको पहिलो र मिडल अर्डरलाई ध्वस्त बनाउँदा सञ्जमले पछिल्लो चार विकेट झारेका थिए। अघिल्लो दुई खेलमा मैदान बाहिर रहेका बिनोद दासले उत्कृष्ट कमब्याक गर्दै चौविस रन खर्चदै तीन विकेट झार्दा महबुबले दुई र पारसले एक विकेट लिएका थिए। जवाफमा एकसय एक्काईस रनको ल73य नेपालले दुई विकेटको नोक्सानीमा पुरा गर्‍यो। ओपनर महेश र अनिलले उत्कृष्ट सुरुवात गर्दा महेश अर्धशतक पुरा गर्न सफल रहे।
 
 महेशले सर्वाधिक त्रिसठ्ठी रन जोड्दा अनिल मण्डलले तेत्तिस रन बनाए। यो जितसँगै नेपाल एसीसी ट्रफीको सेमिफाइनलमा पुगेको यो लगातार तेस्रो पटक हो। नेपाल यसअघि चार पटक यस प्रतियोगिताको सेमिफाइनलमा पुगेपनि अहिलेसम्म उपाधि जित्न भने सकेको छैन। सन् दुईहजार दूईमा भने नेपाल फाइनलमा पुगेको थियो। अब फाइनल प्रवेशको लागि नेपालले मलेसिया र युएई मध्ये एक राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ।

Rating: 0.0/5 (0 votes cast)

 प्रतिक्रिया दिनुहोस्       साथीलाई भन्नुहोस्
थप खेल
तीन पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै स्पेन विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश - २०६७ आषाढ २४, विहीवार
तीन पटकको विश्व विजेता जर्मनीलाई पाखा लगाउँदै स्पेन पहिलो पल्ट विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बाँकी अंश
क्षेत्र नम्बर १ विराटनगरलाई हराउँदै क्षेत्र नम्बर ३ काठमा48डौ एकदिवसीय क्रिकेटको उपाधि जित्न सफल - २०६७ ज्येष्ठ ३०, आइतवार
पारस खड्काको उत्कृष्ट ब्याटिङ्ग प्रदर्शनसँगै क्षेत्र नम्बर एक विराटनगरलाई छ विकेटले हराउँदै क्षेत्र नम्बर तीन काठमाडौं राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। बाँकी अंश
राष्ट्रिय क्रिकेट प्रतियोगिता बहिस्कार गरेका २० जना राष्ट्रिय खेलाडीद्वारा प्रतियोगितामा सहभागी हुने निर्णय - २०६७ ज्येष्ठ १५, शनिवार
राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता बहिस्कार गरेका बीस जना राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन्। खेलाडीहरुले प्रतियोगिता खेल्ने सहमति जनाएपछि प्रतियोगिता पनि भोलिदेखि हुने भएको छ। बाँकी अंश
तेक्वान्दो खेलाडीद्वारा मन्त्रालय तोडफोड - २०६६ चैत्र २२, आइतवार
युथ ओलम्पिक खेलकुदमा तेक्वान्दोको सहभागिता नभएको विरोधमा गठित सङ्घर्ष समितिले आइतबार युवा तथा खेलकुद मन्त्रालय तोडफोड गरेको छ। बाँकी अंश
नेपालको दोस्रो बिजयी - २०६६ चैत्र २१, शनिवार
एसीसी एलार्इट कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानलार्इ ६ विकेटले पराजित गर्दै लगातार दोस्रो बिजयी हासिल गरेको छ। बाँकी अंश
एसीसी ट्रफीः नेपालद्वारा हङकङलाई २ सय ३९ को लक्ष्य - २०६६ चैत्र १८, बुधवार
एसीसी ट्रफीको बुधबार कुवेतमा भइरहेको पहिलो खेलमा हङकङबिरुद्ध नेपालले २ सय ३९ को लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले ७ विकेट गुमाएर २ सय ३८ रनको लक्ष्य दिएको छ । बाँकी अंश
भारतकी टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानका क्रिकेटर सोएव मल्लिक विवाह बन्धनमा बाँधिने - २०६६ चैत्र १७, मंगलवार
भारतकी टेनिस स्टार सानिया मिर्जा पाकिस्तानका क्रिकेट खेलाडी शोएव मलिकसँग विवाह बन्धनमा बाँधिने भएकी छिन्। सानियाका बुवा इजरान मिर्जाले यस खबरको पुष्टि गर्नुभएको हो। सानियाको परिवारबाट प्राप्त बयानका अनुसार बैवाहिक कार्यक्रम आगामी एक महिनाभित्रमै सम्पन्न हुने बताइएको छ। बाँकी अंश
नेपाली सेनाले मनागं मर्स्याग्दीलार्इ हरायो - २०६६ चैत्र १४, शनिवार
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा थ्री स्टार क्लब तथा नेपाल प्रहरी बीच भएको खेल कुनै गोल हुन नसकी बरावरीमा टुंगिएको थियो। बाँकी अंश
नेपाललाई पराजित गर्दै सिंगापुरद्वारा एलिट कप कब्जा - २०६६ चैत्र ३, मंगलवार
नेपाललाई आफ्नै भूमिमा ६८ रनले पराजित गर्दै सिंगापुरले १६ वर्षमुनिको एसियाली स्तरको एसीसी एलिट कपको उपाधि जित्‍न सफल भएको छ। १४७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाल २२ ओभरमा ७८ रनमै समेटिएको थियो। बाँकी अंश
नेपाल एसीसी यू-१६ क्रिकेटको फाइनलमा - २०६६ चैत्र १, आइतवार
नेपाल एसीसी यू-१६ क्रिकेटमा मलेसियालाई ३२ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया मात्र १ सय ३० रनमा समेटियो । मलेसियाको इनिङ संकटमा पार्न विवेक चौधरी र राजीव शाहले ३-३, देवेन्द्र सोमरीले २ तथा निश्चल पाण्डेले एक विकेट लिए । बाँकी अंश
अमेरिकी खेलाडीमाथि कुर्सी प्रहार गरे नेपाली दर्शकले - २०६६ फाल्गुन ३०, शनिवार
भृकुटीमण्डपमा नेपाली मुक्केबाज भरत बिसुराल र अमेरिकी खेलाडी बिग भिटोबीच खेल भइरहँदा दर्शकले आक्रमण गरेका छन्।  रिङ नजिकै रहेका दर्शकले कुर्सी र ढुंगाले प्रहार गरेपछि भिटो घाइते भएका छन्। बाँकी अंश
इण्डियन प्रिमियर लिग आइ.पि.एल तेस्रो सिजनको पहिलो खेलमा कोलकत्ता नाइड राइडर्सद्वारा डेक्कन चाजर्स एघार रनले पराजित - २०६६ फाल्गुन ३०, शनिवार
शुक्रबार देखि भारतमा सुरुभएको इण्डियन प्रिमियर लिग आइ.पि.एल तेस्रो सिजनको पहिलो खेलमा कोलकत्ता नाइड राइडर्सले डेक्कन चाजर्सलाई हराएको छ। अत्यन्तै रोमाञ्चपूर्ण खेलमा नाइड राइडर्सले डेक्कन चाजर्सलाई एघार रनले पराजित गर्न सफल भयो। बाँकी अंश
एसिसि यु १६ एलाइट कप क्रिकेटमा नेपालको विजयी यात्रा जारी, नेपालद्वारा कुवेत १०१ रनले पराजित - २०६६ फाल्गुन २६, मंगलवार
निश्चल पाण्डेको अल राउण्ड प्रदर्शनसँगै एसिसि इलाइट कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल कुवेतमाथि एकसय एक रनको  सानदार जित दर्ता गराउन सफल भएको छ। नेपालको यो लगातार दोश्रो जित हो। बाँकी अंश
एसीसी अन्डर सिक्सिटिन एलाइट कप क्रिकेटको पहिलो खेलमा नेपाल विजयी - २०६६ फाल्गुन २५, सोमवार
एसिसि अन्डर सिक्सटिन इलाइट कप क्रिकेट प्रतियोगितामा नेपाल विजयी सुरुवात गर्न सफल भएको छ। निश्चल पाण्डे एक्लैले चार विकेट लिँदा हङकङलाई छ विकेटले हराउँदै नेपालले बिजयी शुरुवात गर्‍यो। टस जिति व्याटिङ रोजेको हङकङका खेलाडीहरु निर्धारित चालिस ओभरको खेलमा पैतिस दशमलव चार ओभरमा मात्र अठासी रनमा अल आउट हुन पुग्यो। बाँकी अंश
नेपालद्वारा अमेरिका ५ विकेटले पराजित - २०६६ फाल्गुन १६, शनिवार
नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेको छ। फाइनलमा अमेरिकालाई पाँच विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा ऐतिहासिक जीत हात पार्दै पहिलो उपाधि जितेको छ। बाँकी अंश
पाँचौं खेलमा नेपाल पराजित - २०६६ फाल्गुन १५, शुक्रवार
नेपालले पाँचौं खेलमा पराजित हुनुपर्‍यो । अमेरिकारा पाँच विकेटको जीत । लक्ष्य १ सय ५७ बनाइएको थियो । १ सय ५७ रनको नयाँ लक्ष तय गरियो । चार ओभर खेल घटाइएको थि यो । बाँकी अंश
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपालको लगातार चौथो जित,नेपालद्वारा फिजी पराजित - २०६६ फाल्गुन १३, बुधवार
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको आफ्नो समूह चरणको चौथो खेलमा नेपालले फिजीलाई  पराजित गर्‍यो।कीर्तिपुरस्थित टियू खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले त्यति राम्रो सुरुवात गर्न नसकेपनि मध्यक्रमका व्याट्स्यान कप्तान पारस खड्का र सरद भेस्वाकरले उत्कृष्ट पारी खेलेपछि नेपाल अहिले बलियो स्थितिमा आइपुगेको हो।   बाँकी अंश
आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभको तेश्रो खेलमा बहराईनद्वारा नेपाललाई जितको लागि एकसय पन्ध्र रनको चुनौति - २०६६ फाल्गुन १२, मंगलवार
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ अन्तर्गत समूह चरणको तेस्रो खेलमा बहराइनले नेपाललाई जितको लागि एकसय पन्ध्र रनको चुनौती प्रस्तुत गरेको छ। बाँकी अंश
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपाललाई लगातार दोश्रो जित, नेपालद्वारा सिंगापुर १६ रनले पराजित - २०६६ फाल्गुन १०, आइतवार
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपालले लगातार दोस्रो जीत हातपारेको छ। समुह चरणको दोस्रो खेलमा नेपालले सिंगापुरलाई सोह्र रनले पराजित गर्‍यो। खेलमा टसजित्दै पहिले व्याटिङ गरेको नेपालले पचास ओभर पुरै खेल खेल्दै नौ विकेटको क्षतिमा एक सय असी रनको योगफल तयार पारेको थियो। नेपालका लागि ब्याटिङतर्फ बसन्त रेग्मीले सर्वाधिक चउन्न रन जोडेका थिए।  बाँकी अंश
शीतकालीन ओलम्पिकमा नेपालको सहभागिता - २०६६ फाल्गुन ५, मंगलवार
श्याम ढकालले सहभागिता नजनाएपछि क्यानडाको भ्यानकुभरमा भइरहेको २१औं शीतकालीन ओलम्पिकमा नेपालको एकमात्र स्पर्धा क्रस कन्ट्री स्कीमा मात्र सहभागिता रहने छ। बाँकी अंश
साग खेलाडीलाई भव्य स्वागत - २०६६ माघ २९, विहीवार
११ औं सागमा स्वर्ण जित्ने सहितका खेलाडी बुधबार स्वदेश फर्कदा विमानस्थलमा भव्य स्वागतको व्यवस्था गरियो। बाँकी अंश
एघारौं साग आज सकिँदै, नेपाल आठ स्वर्ण सहित पाँचौं स्थानमा - २०६६ माघ २७, मंगलवार
गत सागमा दुई स्वर्ण पदक जितेर पनि डोपिङमा परेका नेपाली धावक राजेन्द्र भण्डारीले बंगलादेशमा जारी एघारौं साग खेलकुद अन्तर्गत म्याराथनमा स्वर्ण पदक जितेका छन्। तर, राजेन्द्रको यस वर्षको पदक पनि विवाद रहित बन्न सकेन। बाँकी अंश
एघारौं सागको एघारौं दिन नेपाललाई थप दुई स्वर्ण, दिपक विष्ट सागमा लगातार चौथो पटक स्वर्ण जित्न सफल - २०६६ माघ २६, सोमवार
बंगलादेशमा जारी एघारौं दक्षिण एशियाली खेलकुद सागको एघारौं दिन नेपालले थप एक स्वर्ण पदक जितेको छ। नेपाललाई तेस्रो स्वर्ण दिलाउने क्रममा आङ्बाबु लामाले उसुको थाइचि छ्वान तर्फ स्वर्ण पदक जिते। बाँकी अंश
अर्को स्वर्ण कराँतेमा - २०६६ माघ २६, सोमवार
कराँतेका सुनिल लामाले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन्। यो सहित नेपालले ११ औं सागमा २ स्वर्ण हात पारेको छ। बाँकी अंश
एघारौं साग अन्तर्गत उस्सुमा पुरुषोत्तम रिजालले रजत पदक पक्का गरे, क्रिकेटमा नेपालद्वारा माल्दिभ्स पराजित - २०६६ माघ २४, शनिवार
बंगलादेशमा जारी एघारौं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई कम्तिमा पहिलो रजत पदक पक्का भएको छ। उसुको सान्सौंतर्फ पुरुषोत्तम रिजाल अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै सत्तरी केजी तौल समूहमा फाइनलमा प्रवेश गरेका छन्। बाँकी अंश
उसु र पौडीमा सुखद सुरुवात;सुटिंगमा पराजित - २०६६ माघ २३, शुक्रवार
उसु र पौडीमा नेपालले सुखद सुरुवात गरेको छ । उसुतर्फ नेपाली खेलाडी एलिना चौधरी र झरना गुरुङ्ग सेमिफाइनल प्रवेश गरेका छन् । सान्सौको ४८ केजी तौल समुहमा पाकिस्तानी टोसना हनिफलाई पराजित गदै चौधरी र ६० केजीमा श्रीलंकन मोलिनी पाथिरानालाई पाखा लगाउंदै गुरुङ्ग अन्तिम ४ मा पुगेकी हुन् । बाँकी अंश
गल्फमा नेपाललाई पाँचौं स्थान - २०६६ माघ २३, शुक्रवार
नेपाल ११ औं दक्षिण एसियाली खेलकुदको गल्फमा बिहीबार पाँचौं स्थानमा रह्यो । दोस्रो तथा अन्तिम दिनको खेलमा नेपाली खेलाडीमध्ये रुपक आचार्यले तीन ओभर ७५ को प्रदर्शन गरे । अघिल्लो दिन पनि उनको प्रदर्शन समान रहेको थियो । बाँकी अंश
दक्षिण एशियाली खेलकुद सागमा सुटिङको टिम इभेन्ट्समा नेपाललाई कास्य पदक - २०६६ माघ २१, बुधवार
बंगलादेशमा जारी एघारौं दक्षिण एशियाली खेलकुद सागको छैठौं दिन नेपालले सुटिङ टिम इभेन्ट्समा एक कास्य पदक प्राप्त गरेको छ। पुरुष कबड्डीमा भने पाकिस्तानसँग चौवालिस सोह्रले पराजित भएपनि नेपालले कास्य पदक यसअघि नै सुरक्षित गरिसकेको छ। बाँकी अंश
नेपालको लज्जासपद दोश्रो हार - २०६६ माघ १९, सोमवार
नेपाली क्रिकेट टिमले श्रीलंकाको हातबाट ११ औं दक्षिण एसियाली खेलकुदमा दोस्रो हार चाखेको छ । यसअघि नेपाल राउन्ड रोबिनमा आयोजक बंगलादेश पनि पराजित रहेको थियो । श्रीलंकाले पहिले ब्याटिङ गर्दै नेपाल सामु १ सय ६७ रनको लक्ष्य तेर्सापछि नेपालले २० ओभरमा तीन विकेट गुमाएर ९८ रन बनायो र नेपाल ६८ रनले पराजित रह्यो ।  बाँकी अंश
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग भारतमा - २०६६ माघ १८, आइतवार
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग भारतमा हुने भएको छ । ११ औं साग स्थल ढाकामा आज बसेको दक्षिण एशियाली ओलम्पिक कमिटीको ४१ औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । बाँकी अंश
जम्मा खेल समाचार : 40
साप्ताहिक मत सर्वेक्षण
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
अन्य लिङ्कहरु
गृहपृष्ठ | हाम्रो बारेमा | सम्पर्क | विज्ञापन | समाचार पठाउनुहोस्
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,473,275 times. Website Developed By: www.BestNepal.net