ABC Samachar नेपाली English Today: 2010-09-07
Home News Sports Entertainment Literature Interview Photos Videos Contact Us Advertise With Us Send Us News
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
Gossip
मेरी वास्सैले मनायो संविधानको शोक
ए बि सि समाचार डट् कम् सम्वाददाता   (27th May 2010, Thursday) text size increase   text size decrease   Print    rss

मेरी वास्सैका हास्य कलाकारद्धय केदार घिमीरे माग्नेबुढा र सीताराम कट्टेल धुर्मुशले तोकीएको समयमा संविधान नवन्ने निश्चीत भएपछि कपाल दारी खौरी संविधानको शोक मनाएका छन । यो जोडीले मंगलबार सीताराम निवास ललितपुरको खुमलटारमा  कपाल मुन्डन गरि टाउकामा सेतो टालो बाँधी शोक मनाए ।

 

माग्नेबुढा र धुर्मुशको जोडी सगै कुन्जना घिमीरे सुन्तलीले पनि शोककै लागि सेतो वस्त्र लगाइ उनीहरुसगै  एक छाक छोडेकी छन  । यता सोही सिरीयलका सुरज चापागाई बान्द्रेले भने सीताराम केदारले कपाल खौरन्जेल एउटा खुट्टा उचालेर जनआन्दोलनका घाइतेहरुको पिडाबोध गरेका थिए । तोकिएको समय जेठ १४ भित्र संविधान बनाउन दवाव दिने उदेश्यले केदारले संविधान नवनेसम्म दारी कपाल नकाट्ने भनि एकवर्ष अघि प्रतिवद्धता गरेका थिए । प्रतिकात्मक रुपमा ६०१ सभासदको काजकि्रया गरेका बताएका छन। शुरुमा पशुपतिमा गएर कुशको ६०१ सभासदको पुत्ला बनाएर दाह संस्कार गर्ने भनिएपनि परिवर्तित अवस्थालाई विचार गरि त्यसो नगरीएको माग्नेबुढाले बताए ।

 

'संविधान बनाउन पठाएका ६०१ सभासदले जनताको पसिनाले तिरेको अरबौ करबाट तलवभत्ता सेवा सुविधा लिने भन्दा अरु केही सोचेनन संविधान बनाउने भन्दा पनि कुर्सीको लागि लुछाचुडीमै लागेकाले हामीले संविधान बनाउन दवाब दिन यस्तो प्रतिबद्धता जनाएका थियौ' सीताराम/केदारले भने - 'तर राजनिती कुर्सीकै वरिपरि घुमिरह्यॊ । त्यसैले यस्तो गर्न बाध्य भयौ ।'

 

जनताले नयाँ संविधान बनाएर देशलाई  शान्ति र विकाशको बाटोमा डोर्‍याउन जनादेश दिएपनि सत्ताकै खेलमा नेताहरु केन्द्रित रहेकाले जिम्मेवारी बोध गराउन कपाल मुन्डन गरेर शोक मनाउनु परेको सीतारामले बताए। यता श्रीमानकै  अगाडि सेतो वस्त्र लगाएकी कुन्जनाले भनिन, 'मेरा लागि मेरो पति भन्दा देश ठुलो हो ।' कलाकारहरुले मनोरन्जनमात्र दिने नभएर राष्ट्रसमाज र जनता प्रति पनि उनीहरुको उत्तिकै उत्तरदायित्व हुने भएकाले यसप्रति आवाज बुलन्द पार्न यसो गरिएको उनीहरुको भनाइ छ ।

 

Rating: 0.0/5 (0 votes cast)

 Comment       Tell A Friend
More Gossip
प्रदर्शनको क्रममा लोडसेडिङ - 22nd May 2010, Saturday
लोडसेडिङका कारण एक दम्पतीले भोग्नुपरेको विकराल घटनालाई प्रमुख विषय बनाई नयाँ निर्देशक जमिर श्रेष्ठले लोडसेडिङ नामक थि्रलर फिल्म निर्माण गरेका छन् । Read More
व्यापारी नायिका - 14th May 2010, Friday
चलचित्र 'कहाँ भेटिएला' बाट चर्चामा आएकी नायिका श्वेता खड्का पेशाले व्यापारी हुन् । जनमैत्री क्याम्पसमा गणित बिषयमा बीए तेस्रो वर्षमा अध्ययनरत श्वेता अन्तराष्ट्रिय व्यापारिक संस्था एमआरएसमा कार्यरत रहेकी छिन्। आफ्नै लगानीमा स्थापना गरिएको यस कम्पनीमा उनी बिगत ६ बर्ष देखि कार्यरत छिन् । Read More
नम्रता रेष्टुराँ व्यवसायमा - 02nd May 2010, Sunday
म एक आत्माविश्वासी, परिश्रमी र नयाँ कुरा सिक्न रुचाउने नारी हुँ', आफ्ना बारेमा प्रस्ट पार्दै हिरोइन नम्रताले भनिन्। नेपाली ग्लामर फिल्डकी 'ब्युटी क्विन' नम्रता लाजिम्पाटस्थित आफ्नो एट्टिक रेष्टुराँ बारे बताइहँदा बुधबार निकै आत्मविश्वासी समेत देखिइन्। Read More
भारतीय निर्देशकलाई निर्देशक समाजको स्वागत - 20th April 2010, Tuesday
चलचित्र निर्देशक समाजले राजधानीमा चलेको भारतीय चलचित्र महोत्सवमा अथिति बनेर आएका भारतीय चलचित्र निर्देशक गोविन्द निलहानीको स्वागतार्थ आइतबार राजधानीमा एक भेटभाट कार्यक्रम आयोजना गरी निलहानीलाई निर्माता-निर्देशक यु्वराज लामाले निर्देशक समाजको तर्फबाट भादगाउँले कालो टोपी र खादा ओढाएर स्वागत गरेका थिए । Read More
'सपना हो कि विपना' प्रदर्शनको तयारीमा - 06th April 2010, Tuesday
लाहुरेको कथा बोकेको गुरुङ चलचित्र 'सपना हो कि विपना' प्रदर्शनको तयारीमा रहेको छ । लमजुङ, पोखरा र खैरेनीटार तनहुँलगायतका स्थानमा विशेष प्रदर्शनको तयारीमा रहेको चलचित्रको सम्पादन कार्य भर्खरै सकिएको छ। Read More
महानायक राजेश हमाल विवाह बन्धनमा - 03rd April 2010, Saturday
महानायक राजेश हमालले विहे गरेका छन्। गत सोमबार दक्षिणकाली मन्दिरमा उनका निकट साथीहरुसँगै मन्दिर गइ उनकी प्रेमीकासँग लगन गाँठोमा बाँधिएको एक शुत्रले जनाएको छ। Read More
चोभारमा बलत्कारीको हत्या - 01st April 2010, Thursday
खुला डाँडोमा पाँचसातजना गुण्डाले एउटी आइमाईमाथि हातपात गरिरहेका छन् । इन्टरकटमा नायक राजेश हमाल दौडिरहेका छन् ।  दौडँदै आएका नायक हमालले आफ्नी श्रीमतीलाई हातपात गर्ने पाँचसातजना गुण्डालाई एक-एक सटमै तोरीको फूल देखाइदिन्छन् । Read More
रंगकर्मीले मनाए 'विश्व रंगमञ्च दिवस' - 29th March 2010, Monday
विश्वका नाट्यकर्मीहरूले हरेक वर्ष२७ मार्चलाई विश्व रंगमञ्च दिवसको रूपमा मनाउने गरेका छन् । यस्तै शनिबार विश्वमा झैं नेपालमा पनि 'विश्व रंगमञ्च दिवस-२०१० मनाइयो ।  सोही क्रममा 'नेपाल सेन्टर अफ आईटीआई'ले शनिबार विश्व रंगमञ्च दिवसको अवसरमा राजधानीको पुरानो बानेश्वरस्थित गुरुकुलको थिएटरमा विविध कार्यक्रम गर्‍यो । Read More
रेखा र बिराज बिचको दुरी बढ्दै - 27th March 2010, Saturday
केहि समय अगाडी सम्म चर्चित जोडी मानिएका रेखा थापा र बिराज भट्ट बिच अहिले दुरी बढ्दै गएको छ । पहिला पहिला एक छिन पनि नछुट्टिने यि दुई कलाकार अहिले दुस्मन जस्तै भएका छन् । Read More
फिल्मबाट टाढिएकी छैन - 26th March 2010, Friday
म सानोमा खुब लजालु थिएँ । लजालु पनि कतिसम्म भने आफ्नो नाम भन्न पनि साह्रै लाज लाग्थ्यो । सानै छँदा एक दिन ममी (प्रेमा शाह) ले फिल्म-डाइरेक्टर प्रकाश थापाकहाँ लिएर जानुभयो । Read More
तिम्रो घर मेरो ससुराली' प्रदर्शनको तयारीमा - 26th March 2010, Friday
लक्ष्मी लामाको निर्माणमा बनेको हाँस्यप्रधान चलचित्र 'तिम्रो घर मेरो ससुराली' प्रदर्शनको तयारीमा रहेको छ । राजु लामाको निर्देशनमा बनेको यस चलचित्रमा दस बर्षीया बालक अजु लामा र मस्त तरुनी सोनिया केसीबीचको रोमान्टिक दृश्यहरू राखिएका छन् । Read More
बिराजको यो बर्ष १४ चलचित्र प्रदर्शन,एक-चौथाइ मात्र सफल - 25th March 2010, Thursday
एउटा अभिनेताको एक बर्षमा चार/पाँच ओटा चलचित्र रिलिज हुनु स्वाभाविकै हो । तर, विराज भट्टको यो वर्षमात्र १४ ओटा चलचित्र रिलिज भएका छन् । आफ्ना यति धेरै चलचित्र रिलिज होलान् भन्ने अनुमान समेत उनले गरेका थिएनन् । तर, १४ ओटा चलचित्र रिलिज भएपछि उनी पनि छक्क परेका छन् । Read More
निखिल र सञ्चिता मुम्बईमा - 18th March 2010, Thursday
नेपाली रजतपटबाट हराएकी भनिएकी नायिका सञ्चिता लुईटेल नायक निखिल उप्रेतीसँग मुम्बई पुगेको खुलासा भएको छ । भोजपुरी चलचित्रको छायाँकनको क्रममा यी दुई जोडी मुम्बई पुगेको निकट स्रोतले फिल्मीखबरलाई जानकारी गरायो । Read More
सिडियोको कुराले निर्माताहरू चुप - 16th March 2010, Tuesday
केहि दिन मात्र सम्पन्न भएको निर्माता संघको चुनाव बैधानिक नभएको भन्दै केहि निर्माताहरूले उक्त चुनावको बिरोधमा सिडोयो कार्यालयमा उजुरी दिए । उजुरी दिन सिडियो कार्यालय पुगेका निर्माताहरूले चुनावमा हारेका र जितेका तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेपछी अधिकाशं निर्माता र सञ्चारकर्मीहरू सिडियो कार्यालयमा पुगेका थिए । Read More
सुस्मिताले गरिन् ऐश्वर्याको तारिफ - 13th March 2010, Saturday
चलचित्रकर्मीबीचको आपसी दुस्मनी लामो समय रहन सक्दैन भन्ने यतिखेर बलिउड अभिनेत्री सुस्मिता सेनले प्रमाणित गरेकी छिन्। केही समयअगाडि मात्र आफ्नो कट्टर दुस्मन भनेर अभिनेत्री ऐश्वर्याको नाम लिने गरेकी सुस्मिता अहिले उनकै तारिफ गर्न थालेकी छिन्। Read More
फिल्ममा यौनको झिल्को - 10th March 2010, Wednesday
यौन के हो ? अनेक व्याख्या हुन सक्छन् । एक नवनिर्देशकले भने यौन 'वयस्क युवा-युवतीबीच प्राकृतिक रूपमा पैदा हुने तत्त्व'का रूपमा परिभाषित गर्दै फिल्म बनाएका छन् । Read More
नेपाल चलचित्र निर्माता संघको निर्वाचन आज - 06th March 2010, Saturday
लामो समयदेखि हुन नसकेको नेपाल चलचित्र निर्माता संघको निर्वाचन आज हुने भएको छ । फुटेका २ संघ एक भएपछि विभिन्न कारणदेखि निर्वाचनको मिती सारिदै आएको थियो । Read More
सौजन्यले अब टेलिचलचित्रमा अभिनय नगर्ने - 05th March 2010, Friday
आठ बर्ष अगाडीको टेलिचलचित्र 'पुरूष' बाट आफ्नो अभिनय यात्रा तय गरेकी अभिनेत्री सौजन्य सुब्बाले अब टेलिचलचित्रमा अभिनय नगर्ने घोषणा गरेकी छिन् । टेलिचलचित्र 'पुरुष' को सफलतापछि उनले दर्जनौं टेलिचलचित्रमा अभिनय गर्ने मौका पाईन् । Read More
करिस्मालाई विनोदसँग जोडिदिने 'कस्तुरी' - 04th March 2010, Thursday
नेपाली सिनेमा इतिहासमा बेग्लै किस्सा छ फिल्म 'कस्तुरी' को । विदेशमा बनेको पहिलो नेपाली फिल्म, विदेशमा सबैभन्दा बढी लगानीमा बनाइएको पहिलो नेपाली फिल्म, नम्बर वान नायिका करिस्मा मानन्धरले विदेशमा खेलेको पहिलो फिल्म अनि करिस्मालाई विनोद मानन्धरसँग जोडिदिने फिल्म । Read More
ऋचाले मनाईन् आफ्नो २७ औं जन्मदिन - 22nd February 2010, Monday
नायिका ऋचा घिमिरेले आज आफ्नो २७ औं जन्मदिन मनाईन् । आफ्ना श्रीमान् शंकर घिमिरेको साथमा उनले आफ्नो जन्मदिन मनाएको ऋचाले फिल्मीखबर डटकमलाई जानकारी दिईन् । Read More
सुटिङका क्रममा खड्गी घाइते - 16th February 2010, Tuesday
द्वन्द्वनिर्देशक तथा अभिनेता राजेन्द्र खड्गी सुटिङका क्रममा घाइते भएका छन्। खड्गी नायक भुवन केसीद्वारा निर्माण हुँदै गरेको चलचित्र 'साथी म तिम्रो' को स्टन्ट दिने क्रममा आइतबार दिउँसो घाइते भएका हुन्। Read More
निर्माता संघको चुनाव पुन: विवादमा - 08th February 2010, Monday
हरेक दुई वर्षमा नेपाल चलचित्र निर्माता संघको नेतृत्व चयन हुनु पर्ने भए पनि विभिन्न बहानामा विगत चार वर्षदेखि संघ नेतृत्व बिहिन अवस्थामा छ । Read More
अभिनयले उमेर ढल्क्यो भन्दो रहेनछ - 08th February 2010, Monday
अभिनयलाई उमेरले छेकबार लगाउंदैन भन्ने कुराको पुष्टी नायक भुवन केसीले गरिदिएका छन् ।  केसी यस्ता नायक हुन् जि बिगत ३० बर्ष देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय भएर लागी रहेका छन् ।  Read More
बिस बर्षको अभिनय यात्राका महानायक - 06th February 2010, Saturday
'एउटा मोडमा पुगेपछि मानिस बितेका कुरा सम्झन्छ,' राजेश हमालले भने, 'वर्तमान बितेका कुराको प्रडक्ट हो।' त्यही वर्तमानमा हामी काठमाडौंको जोरपाटीमा छौं, एउटा दुईतले घरको छतमा। जाडोको घाम मलिन हुँदै गएको छ। Read More
अस्ट्रेलियामा क्याट्माण्डु फिल्मस - 05th February 2010, Friday
दशक भन्दा लामो समय देखि नेपाली चलचित्र अनि सन्चार क्षेत्रमा समर्पित दक्ष्य , अनुभवी र उत्साहित नेपाली युवाहरुको सहभागितामा अस्ट्रेलियाको सिड्नी सहरमा catmandufilms नामक एक संस्थाको स्थापना गरिएको छ । Read More
सासूको चलचित्रमा ज्वाईं निर्देशक - 05th February 2010, Friday
नायिका ऋचा घिमिरेकी आमा श्रुती घिमिरेको लगानीमा चलचित्र 'तुलसी' निर्माण हुँदैछ । हिन्दु धर्मालम्बीहरूले तुलसीलाई पबित्र बिरूवाको रूपमा लिने गर्दछन् तर पनि यो पबित्र बिरूवालाई घरभित्र राखेर पुजा गर्दैनन् भन्ने भावमा आधारित भएर निर्माण हुन लागेको यस चलचित्रको निर्देशन ऋचाकै श्रीमान् शंकर घिमिरेले गर्दैछन् भने चलचित्रको प्रमुख पात्रको रूपमा नायिका ऋचा घिमिरेले अभिनय गर्नेछिन् । Read More
निरकको चलचित्रमा महजोडी प्रमुख पात्र - 03rd February 2010, Wednesday
पहिलो पटक 'कुसुमे रूमाल' निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक निरक पौडेलले पुन: अर्को चलचित्रको निर्देशन गर्ने भएका छन् । चलचित्रको मुख्य भुमिकामा हाँस्यकलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ देखिने खुलासा भएको छ । Read More
रिक्सा चालक मजदुरहरूको जीवनकथा चलचित्र - 02nd February 2010, Tuesday
नेपालको चलचित्र इतिहासमा पहिलो पटक तराई क्षेत्रका रिक्सा चालक मजदुरहरूको जीवनकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'रिक्सावाला न्यायदाता' यही माघको अन्तिम साताबाट उपत्यका बाहिरका हलहरूबाट प्रदर्शनीमा आउने भएको छ । Read More
Total Gossip News : 28
Weekly Poll
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

Vote View Result
Old Poll Results
Quick Links Category
Main Page | About Us | Contact Us | Advertise With Us | Send Us News
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,473,862 times. Website Developed By: www.BestNepal.net