|
| आवश्यक परे अमेरिका र दक्षिण कोरिया विरुद्ध परमाणु हतियारको प्रयोग गर्नेे उत्तर कोरियाको चेतावनी - 24th July 2010, Saturday |
| उत्तर कोरियाले आवश्यक परे अमेरिका र दक्षिण
कोरियाविरुद्ध परमाणु हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ। उत्तर
कोरियाले परमाणु हतियारको प्रयोग हाल अमेरिका र दक्षिण कोरियाविच भैरहेको
संयुक्त शैन्य अभ्यासको जवाफमा हुने समेत बताएको छ। Read More |
|
|
| तीन महिनाको प्रयासपछि मेक्सिको खाडीमा भएको पेट्रोलियम पदार्थको चुहावट रोकियो - 17th July 2010, Saturday |
| तीन महिनाभन्दा बढी समयदेखि मेक्सिकोको खाडीमा पेट्रोलियम पदार्थको चुहावट
रोक्न सफल भएको दाबी बेलायती उर्जा उत्पादक कम्पनी विपीले गरेको छ। अमेरिकी
विशेषज्ञहरुले पनि वीपीको पछिल्लो प्रयास सकारात्मक रहेको र नयाँ
प्रविधिको प्रयोगपछि चुहावट नभएको जानकारी दिएका छन्। Read More |
|
|
| विश्वकप फुटबल प्रतियोगिताबाट विश्वमै चर्चा कमाउन सफल जमर्नीको अक्टोपस पाउलको अप्रत्यासित रुपमा सन्यास घोषणा - 13th July 2010, Tuesday |
| विश्वकप फुटबल प्रतियोगिताबाट विश्वमै चर्चा कमाउन सफल जमर्नीको अक्टोपस
पाउलले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेको सार्वजनिक भएको छ। जर्मन
एक्युरियमका प्रवक्ताले अक्टोपसले पाउलले सन्यास लिएको र अब भविष्यवाणी
नगर्ने बताए। Read More |
|
|
| जासूसीको आरोपमा पक्राउ परेका एक अर्काका नागरिकलाई अमेरिका र रुसद्वारा आ–आफ्नो मुलुक फिर्ता पठाइयो - 10th July 2010, Saturday |
| अष्ट्रियाको राजधानी भियनाको विमानस्थलबाट अमेरिका र
रुसका जासूसलाई नाटकीय रुपमा विमानमा राखेर राखेर आ आफ्नै मुलुकतर्फ
पठाइएपछि अमेरिका र रुसबीचको जासूस प्रकरण अन्त्य भएको छ। वाशिंगटन र
मस्कोबीच आ आफ्नो मुलुकमा बन्दी अवस्थामा रहेका दुवै देशका जासूसलाई बन्दी
गृहबाट मु््क्त गरी स्वदेश पठाउने सहमति बनेपछि जासूस प्रकरण अन्त्य भएको
हो। Read More |
|
|
| पाकिस्तानको मोहमन्दमा आत्मघाती बम विष्फोट, कम्तिमा ४५ जनाको मृत्यु, दर्जनौ घाइते - 09th July 2010, Friday |
| अफगानिस्तानको सीमामा पर्ने पाकिस्तानी जातीय इलाकामा
गराइएको आत्मघाती बम विष्फोटनमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। मोहमन्द
इलाकाको याकाघुण्ड गाउँमा गराइएको सो विष्फोटनमा नब्बे जना भन्दा वढी
घाइते भएको समाचारमा जनाइएको छ। Read More |
|
|
| माओवादीले गरेको भारत बन्दको क्रममा भएको हिंसात्मक घटनामा सात जनाको मृत्यु - 08th July 2010, Thursday |
| भारत मा सशस्त्र संघर्षरत माओवादीले गरेको दुई दिने भारत बन्दका क्रममा
भएको हिंसात्मक घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। Read More |
|
|
| तालिबानी लडाकुहरुद्वारा अफगानिस्तानको जलालावादस्थित नेटो सेनाको हवाइ अखडामा आक्रमण - 30th June 2010, Wednesday |
| अफगानिस्तानको जलालावादस्थित नेटो सेनाको हवाइ अखडामा तालिबानी लडाकुहरुले
आक्रमण गरेका छन्। अफगानिस्तानमा ब्याप्त भ्रष्टाचारको विषयमा कुरा गर्न
अमेरिकी महान्याधिबक्ता एरिक होल्डर त्यहाँ काबुल पुगे लगत्तै सो आक्रमण
भएको छ। Read More |
|
|
| आर्थिक विकासका साथै राष्ट्रिय बजेट घाटा कटौति गर्ने घोषाणाका साथ क्यानाडामा जारी जि ट्वान्टीको सम्मेलन सम्पन्न - 28th June 2010, Monday |
| क्यानाडामा भएको विश्वका बीस औद्योगिक राष्ट्रहरुको
समूह– जी ट्वान्टीको सम्मेलन आर्थिक विकासको गतिलाई कम नगरी राष्ट्रिय
बजेट घाटा कटौति गर्ने घोषाणाका साथ सम्पन्न भएको छ। Read More |
|
|
| रुसी राष्ट्रपति मेदभेदभ पहिलो पटक अमेरिका भ्रमणमा - 25th June 2010, Friday |
| अमेरिकी राष्ट्रपति बराक ओवामा र रुसका राष्ट्रपति दिमेत्री मेदभेदभबीच
वासिन्टनमा भेट भएको छ। सो भेट दुई राष्ट्रबीच सम्बन्ध सुधार तर्फ
केन्द्रीत रहेको बताइएको छ। Read More |
|
|
| रेलगार्ग पार गर्ने क्रममा स्पेनमा रेलको ठक्करबाट बाह्र जनाको मृत्यु - 24th June 2010, Thursday |
| स्पेनमा तीब्र गतिमा आएको रेलले स्टेशनको रेलमार्ग पार गर्दै गरेका एक
समूहलाई ठक्कर दिँदा कम्तीमा बाह्र जनाको मृत्यु भएको छ। रेल बार्सिलोना
नजिकैको कास्टडेफेल प्लाया स्टेशन हुँदै गइरहेको समयमा सो दुर्घटना हुन
पुगेको अधिकारीहरुले जनाएका छन्। Read More |
|
|
| नेटो सेनाका बरिष्ठ कमाण्डर म्याकक्रिष्टलको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ओबामा आक्रोशित, पदबाट हटाउन सक्ने चेतावनी - 23rd June 2010, Wednesday |
| अफ्गानिस्तानका लागि अमेरिकी एवं उत्तर एट्लाण्टिक सन्धि संगठन नेटो
सेनाका बरिष्ठ कमा48डर जनरल स्टान्ली म्याकक्रिस्टलको बयानलाई लिएर
अमेरिकी राष्ट्रपति बाराक ओबामा आक्रोशित बन्नुभएको छ। Read More |
|
|
| भीषण वर्षापछि आएको बाढीका कारण चीनमा नब्बे जनाको मृत्यु - 20th June 2010, Sunday |
| दक्षिणी चीनमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा
९० जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी हराइरहेका छन्। Read More |
|
|
| पाकिस्तानको उत्तरी बजिरिस्तानमा अमेरिकी मानवरहित विमानको आक्रमण, कम्तीमा तेह्र जनाको मृत्यु - 19th June 2010, Saturday |
| अमेरिकी मानव रहित विमानले पाकिस्तानको उत्तरी वजिरिस्तानस्थित मिरअली
क्षेत्रमा गरेको मिसाइल आक्रमणमा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ।
आक्रमणमा कैयौं घाइते भएको बताइएको छ। Read More |
|
|
| चीन तथा बंगलादेशमा भीषण वर्षापछि आएको बाढीमा परी दर्जनौको मृत्यु, सयौंको अवस्था अज्ञात - 16th June 2010, Wednesday |
| चीनमा बंगलादेशमा वर्षा पछि आएको बाढीमा परी दर्जनौ मारिएका छन्। पूर्वी
चीनमा भिषण वर्षा पछि आएको बाढि पहिरोमा परी कम्तिमा चालीस जनाको मृत्यु
भएको र पहिरोमा परि दर्जनौ मानिस हराइरहेको चिनीयाँ सिन्ह्वा समचार
समितिले जनाएको छ। Read More |
|
|
| ओस शहरमा प्रदर्शनकारीलाई देख्ने वित्तिकै गोली हान्न किर्गिस्तान सरकारद्वारा सुरक्षा अंगलाई निर्देशन - 13th June 2010, Sunday |
| किर्गिस्तानको अन्तरिम सरकारले सुरक्षाकर्मीहरुलाई
देशको दोस्रो ठूलो शहर ओसमा प्रदर्शनकारीहरुलाई देख्ने वित्तिकै गोली
हान्ने आदेश दिएको छ। Read More |
|
|
| मेक्सिकोको एक पुर्नस्थापना केन्द्रमा हतियारधारी समुहको आक्रमण कम्तिमा १९ जनाको मृत्यु - 12th June 2010, Saturday |
| मेक्सिकोको चिहूआहूआ शहरको एक पुर्नस्थापना केन्द्रमा हतियारधारी समुहले
आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
छन्। प्रहरीले लागु औषधका दुर्व्यसनीलाइ उपचार गरिदै आएको पुर्नस्थापना
केन्द्रमा कम्तिमा २० जना हतियार बोकेका मानिसहरु प्रवेश गरी आक्रमण गरेको
जनाएको छ। Read More |
|
|
| बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले पुर्वसूचना विनानै अफगानिस्तानको भ्रमण - 12th June 2010, Saturday |
| बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले पुर्वसूचना विनानै अफगानिस्तानको भ्रमण गरेका छन् । भ्रमणका
क्रममा क्यामरनले अफगान राष्टरपति हमिद कारजाईसंग भेट गर्नुका साथै
अफगानिस्तान युद्ध राष्टिरय सुरक्षाका लागि अपरिहार्य रहेको जनाएका छन् ।
Read More |
|
|
| किर्गिस्तानमा अपदस्त राष्ट्रपति बाकियभका समर्थक र अन्तरिम सरकारका समर्थकबीच हिंसा भड्किएपछि संकटकालको घोषणा - 11th June 2010, Friday |
| किर्गिस्तानमा हिंसा भड्केपछि संकटकालको घोषणा गरिएको छ।
अपदस्थ राष्ट्रपनि कुर्मानवेक बाकियेभ र वर्तमान अन्तरिम सरकारका
समर्थकहरुहविच किर्गस्तानको दक्षिणी शहरहरुमा भिडन्त हुदै आएको छ।
भिडन्तका कारण दर्जनौ मानिसको मृत्यु भैसकेको छ। Read More |
|
|
| अफगानिस्तानको कान्दाहरमा विवाह समारोहमा विष्फोट, उनान्चालिस जनाको मृत्यु - 10th June 2010, Thursday |
| अफ्गानिस्तानको दक्षिणी प्रान्त कान्धाहारमा भएको विष्फोटमा कम्तिमा ३९
जना मारिएका छन भने ७० जना भन्दा बढी घाइते भएका छन्। Read More |
|
|
| इरानमाथि आर्थिक नाकाबन्दी लगाउने प्रस्ताव माथि सुरक्षा परिषद्मा आज मतदान हुने - 09th June 2010, Wednesday |
| संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इरानमाथि आर्थिक
प्रतिबन्ध लगाउने विषयमा सहमति जुटाएको छ। सुरक्षा परिषदका पाँच स्थायी
सदस्य राष्ट्र, अमेरिका, वेलायत, फ्रान्स, चीन र रुसबीच इरानविरुद्ध चौथो
चरणको प्रतिबन्ध लगाउने विषयमा सहमति बनेको हो। Read More |
|
|
| तालिवानी विद्रोहीले गएराती अफगानिस्तानमा गरेको आक्रमणमा एक नेपाली सुरक्षा गार्ड सहित दश नेटो सैनिकको मृत्यु - 08th June 2010, Tuesday |
| उत्तर एट्लान्टिक सन्धी संगठन नेटो सेनामाथि तालिवानी
विद्रोहीले गरेको आक्रमणमा गएराती अमेरिकी सुरक्षा गार्डको रुपमा कार्यरत
एक नेपालीसहित दश जना नेटो सैनिकको मृत्यु भएको छ। Read More |
|
|
| भारतको भूपाल ग्यासकाण्डका आठ जना दोषीलाई एक–एक लाख जरिवानासहित दुई वर्ष जेल सजायँ - 07th June 2010, Monday |
| पच्चीस वर्षअघि भारतको भोपालमा भएको ग्याँस दुर्घटनामा दोषी ठहर्याइएका आठ
कर्मचारीलाई दोषी ठहर गर्दै सजाय सुनाएको गरेको छ। Read More |
|
|
| वर्तमान अर्थमन्त्री नाओटो कान जपानका नयाँ प्रधानमन्त्री बन्ने, कानका पक्षमा संसदमा मजबुद समर्थन - 04th June 2010, Friday |
| नाओटो कान जपानका नयाँ प्रधानमन्त्री बन्ने संभावना
देखिएको छ। बुधवार युकियो हातोयामाले अचानक प्रधानमन्त्री पदबाट राजीनामा
दिएपछि सत्तारुढ डेमोक्रेटिक पार्टीले वर्तमान अर्थमन्त्री कानलाई
प्रधानमन्त्री पदको लागि छनोट गरेको छ। यदि कानको चयनलाई संसदले अनुमोदन
गरेमा विगत तीन बर्षभित्रमा उनी जपानको पाँचौ प्रधानमन्त्री बन्नेछन्। Read More |
|
|
| मानवरहित विमानको क्षेप्यास्त्र आक्रमणमा अलकायदाका तेस्रो वरियताका नेता मुस्तफा याजीद मारिएको अमेरिकी अधिकारीको भनाइ - 01st June 2010, Tuesday |
| आतंकवादी संगठन अल कायदाका तेस्रो ठूलो नेता मूस्तफा अबू अल याजीद
अमेरिकाको मानवरहित विमानको क्षेप्यास्त्र आक्रमणमा मारिएको बताइएको छ।
अमेरिकी अधिकारीहरुले उहाँ पाकिस्तानको आदिवाशी क्षेत्रमा मारिनुभएको
विस्वास गरेका छन्। Read More |
|
|
| मध्य अमेरिकामा आएको आँधीका कारण त्रिहत्तर जनाको मृत्यु - 31st May 2010, Monday |
| मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा त्रिहत्तर जनाको
मृत्यु भएको छ। आँधीका कारण ग्वाटेमालामा मात्रै त्रिसट्ठी जनाको मृत्यु
भएको छ। अधिकारीहरुले आँधीले भीषण वर्षा गराएको कारण अवस्था अझ नाजुक
बनेको बताएका छन्। Read More |
|
|
| भारतको पश्चिम बंगालमा माओवादीले रेलमा विष्फोट गराउँदा सयभन्दा बढी यात्रु मारिए,पाकिस्तानको लाहोरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा असी जनाको मृत्यु - 29th May 2010, Saturday |
| पाकिस्तानको लाहौरस्थित अल्पसंख्यक अहमदी इस्लामिकहरुका दुइबटा मस्जिदमा
बन्दुकधारीहरुले गरेको आक्रमणमा परी असी जना भन्दा बढीको मृत्यु हुनका
साथै दर्जनौं घाइते भएका छन्। Read More |
|
|
| उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको सबै प्रकारको सम्बन्ध विच्छेद - 26th May 2010, Wednesday |
| उत्तर कोरियाले दक्षिण कोरियासँगको सवै प्रकारको सम्बन्ध विच्छेद गरिएको
घोषणा गरेको छ। दक्षिण कोरियाको एक युद्धपोतमा उत्तर कोरियाले पनडुब्बिबाट
आक्रमण गरी डुबाएको आरोप दक्षिण कोरियाले लगाएपछि उत्तर कोरियाले यो कदम
चालेको बताइउको छ। Read More |
|
|
| लागू औषध तस्करका समर्थकहरुले आतंक मच्चाएपछि जमैकाको राजधानी किंग्सटनको केही भागमा सरकारद्वारा संकटकालको घोषणा - 24th May 2010, Monday |
| जमैकाको सरकारले राजधानी किंग्सटनको केही भागमा
संकटकालको घोषणा गरेको छ। एक लागु औषध तस्करलाइ अमेरिका सपुर्दगी गर्ने
विषयमा राजधानीमा हिंसा भड्केपछि सरकारले हिंसा भड्को क्षेत्रमा संकटकाल
घोषणा गरेको हो। Read More |
|
|
| चीनमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु - 23rd May 2010, Sunday |
| चीनमा एक यात्रुवाहक रेल दुर्घटना हुँदा दश जनाको मृत्यु
भएको छ। चीनको रेल मन्त्रालयले जिआङ्जी प्रान्तको पहाडी क्षेत्रमा पहिरोका
कारण रेलको लिक भत्केकाले दुर्घटना भएको जनाएको छ। Read More |
|
|
| लैला आँधीका कारण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा उन्नाइस जनाको मृत्यु, हजारौं घरबारविहीन - 21st May 2010, Friday |
| सामुद्रिक आँधी लैला भारतको आन्ध्र प्रदेशको तटीय
जिल्ला गुन्टुरमा प्रवेश गरेपछि यसले गुन्टुर र प्रकासम जिल्लामा व्यापक
विनाश मच्चाएको छ। आँधीका कारण उन्नाइस जनाको मृत्यु भएको छ भने हजारौं
मानिस घरबारविहीन भएका छन्। यसैगरी आन्ध्र प्रदेशको तटीय जिल्लाहरुमा
आँधीका कारण भीषण वर्षा भएको छ। राहत र उद्दार कार्यलाई तीव्र बनाइएको छ। Read More |
|
|
Total News News : 117 |