|
| मकालु एयर दुर्घटनाबाट बच्यो - 24th August 2010, Tuesday |
| सुर्खेतबाट जुम्लाका लागि खाद्यान्न लिएर उडेको ९ एन ए जेजी नम्बरको मकालु
एयरको विमान आज बिहान दुर्घटनाबाट जोगिएको छ। Read More |
|
|
| विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन - 24th August 2010, Tuesday |
| आज विहान मकवानपुरको शिखरपुरमा भएको विमान दुर्घटनामा
परी मृत्यु भएका चौध जनाकै शव अहिले काठमाडौं ल्याईएको छ। फिस्टेल एयरको
हेलिकोप्टरबाट शव काठमाडौं ल्याइएको हो। Read More |
|
|
| आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै - 24th August 2010, Tuesday |
| श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दु संस्कृति अनुसार
जनैपूर्णिमा मनाइने चलन छ। यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको
सट्टा नयाँ जनै लगाउने गर्दछन् भने शुभफल एवम् आत्मरक्षाको लागि मन्त्रले
जपिएको रक्षासुत्र हातमा धारण गर्ने गर्छन्। Read More |
|
|
| ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल - 24th August 2010, Tuesday |
| राजाको प्रत्यक्ष शासनकालका उपाध्यक्ष डा.तुलसी गिरीको
अगुवाइमा पूर्व पञ्च एवं राजावादी सक्रिय हुने भएका छन्। राप्रपाका नेता
पद्मसुन्दर लावतीको जावलाखेलस्थित निवासमा भेला भएर उनीहरुले मुलुकमा
राजतन्त्र सक्रिय पार्ने योजना बनाएको स्रोतले बताएको छ। Read More |
|
|
| बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध - 24th August 2010, Tuesday |
| काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ना दुई ख त्रिपन्न
एसट्ठी नम्बरको बस नवलपरासीको दुम्कीबासमा दुर्घटना हुँदा सोह्र जना घाइते
भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। Read More |
|
|
| प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन - 23rd August 2010, Monday |
| धरानका पत्रकार लीलानाथ घिमिरेमाथी कुटपिट गर्न निर्देशन दिने कोशी
अञ्चलका प्रहरी प्रमुख मिङमार लामा माथी कारवाहिको माग गर्दै झापाका
पत्रकारहरुले आज विरोध प्रदर्शन गरेका छन। Read More |
|
|
| बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध - 23rd August 2010, Monday |
| सोमबार बिहानदेखि परेको अबिरल वर्षासँगै आएको बादीले त्रिभुवन राजपथको
यातायात सेवा अवरुद्ध भएको छ । वर्षाका कारण बाघझोरामा बाढी आई त्रिभुवन
राजपथको यातायात सेवा अवरुद्ध भएको हो । Read More |
|
|
| मोर्चा आज पनि तटस्थ - 23rd August 2010, Monday |
| संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सोमबार हुने प्रधानमन्त्री
निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । अपरान्ह बसेको मोर्चाको बैठकले कुनै
पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको सदभावना अध्यक्ष राजेन्द्र
महतोले जानकारी दिए । Read More |
|
|
| प्रधानमन्त्री चुन्न आज पाँचौँ चरणको निर्वाचन - 23rd August 2010, Monday |
| प्रधानमन्त्री चयनका लागि संसदमा आज अपराह्न पाँचौं पटक चुनाव हुँदैछ तर
यसअघि तटस्थ बसेका दलहरूको अडानमा कुनै परिवर्तन देखिएको छैन। आजको
चुनावमा परिणाम नआएमा अर्को निर्वाचनको तिथि भदौ १८ देखि २१ गतेको बीचमा
तोक्ने संभावना छ। Read More |
|
|
| सोह्रौं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै - 09th August 2010, Monday |
| १६औं विश्वआदिवासी दिवसका अवसरमा दोलखाका आदिबासीले पनि बिभिन्न
कार्यक्रमको आयोजना गरी मनाए। नेपाल आदिवासी जनजाति महासंघ दोलखाको
आयोजनामा सदुरमुकाम चरिकोटस्थित सातदोबाटोबाट निस्केको र्यालीले चरिकोट
बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। Read More |
|
|
| संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने प्रयास - 09th August 2010, Monday |
| नयाँ संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा प्रमुख दलहरुबीच सहमति
जुटाउने प्रयास स्वरुप आज पनि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा
तीन दलका प्रमुख सचेतकहरुको अनौपचारिक बैठक बस्यो। Read More |
|
|
| माओवादी बाहेक अन्य दललाई समर्थन गर्न एमाले तयार रहेको सूचना तथा संचारमन्त्री पोखरेलको स्पष्टोक्ती - 09th August 2010, Monday |
| सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले एकीकृत माओवादी बाहेकका अन्य दललाई
समर्थन गर्न एमाले तयार रहेको बताउनुभएको छ। राजधानीमा आज आयोजित
साक्षात्कारमा सञ्चारमन्त्री पोखरेलले लडाकू र हतियार छाडेर अगाडि नबढेसम्म
माओवादीलाई समर्थन जनाउन नसकिने बताउनुभयो। Read More |
|
|
| एकीकृत माओवादी लोकतान्त्रिक व्यवस्थाविरुद्ध रहेको कांग्रेस सभापति कोइरालाको आरोप - 09th August 2010, Monday |
| नेपाली काँग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले हतियार र सेना सहितको
माओवादी लोकतान्त्रिक व्यवस्था विरुद्ध रहेको आरोप लगाउनुभएको छ। Read More |
|
|
| चौथो पटकको निर्वाचनले समेत निकास दिन नसकेकोमा प्रधानमन्त्री नेपालद्वारा चिन्ता व्यक्त - 09th August 2010, Monday |
| प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री चयनको नयाँ
विकल्प खोज्न दलहरुलाई आग्रह गर्नुभएको छ। चौथो पटकको निर्वाचनमा समेत
व्यवस्थापिका संसदले प्रधानमन्त्री चयन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै
प्रधानमन्त्री नेपालले पाँचौं चरणको निर्वाचन अगावै नयाँ विकल्प खोज्नु
पर्ने बताउनु भएको हो। Read More |
|
|
| युनिटी लिडर पाठक पक्राउ - 08th August 2010, Sunday |
| युनिटी लिडर कृष्ण पाठकलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउ गरेको
छ। युनिटीको गैरकानुनी नेटवर्किङ व्यवसायमा लागेर सर्वसाधारणलाई ठगी गरेको
आरोपमा प्रहरीको खोजी सूचिमा रहेका पाठकलाई शनिवार राती बाग्लुङको एक
होटलबाट प्रहरीले पक्राउ गरेको हो। Read More |
|
|
| १ करोड ५० लाखको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेता पक्राउ - 08th August 2010, Sunday |
| प्रहरीले रक्सौलबाट काठमाडौं ल्याउँदै गरेको करिब १ करोड ५० लाख मूल्य
बराबरको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेतालाई पक्राउ गरेको छ। करिब एक
किलोग्राम उक्त हेरोइन मोटरसाइकलमा लिएर आउँदै गर्दा प्रहरीले बारा
माओवादीका जिल्ला सदस्य राधेश्यामप्रसाद साहलाई पक्राउ गरेको हो। Read More |
|
|
| कामचलाउ सरकारका मन्त्रीले नक्कली भ्रमणको कागजात पेश गरे - 08th August 2010, Sunday |
| कामचलाउ सरकारका एक मन्त्रीले भ्रमणको नक्कली कागजात पेश गरेको फेला परेको
छ। भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीले प्रधानमन्त्रीको
तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको कागजात नक्कली भेटिएको हो। Read More |
|
|
| राजनीतिक अस्थिरता र असुरक्षाप्रति उद्योग व्यवसायीद्वारा चिन्ता व्यक्त, दलका नेताहरुप्रति कडा आक्रोश - 08th August 2010, Sunday |
| नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज
वैद्यले सरकारको मुख नताकी स्थानीय स्तरका सम्भावनालाई स्थानीय तहबाटै
अगाडि बढाउनु पर्ने बताउनु भएको छ। नेपालगंज उद्योग वाणिज्य संघको १८ औं
साधारण सभाको शनिबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष वैद्यले सरकार र
उद्योग वाणिज्य महासंघले काठमाडौ केन्द्रित प्रबृत्तिलाई तोड्नु पर्ने
बताउनुभयो। Read More |
|
|
| मुलुकलाई अनिर्णयको अवस्थामा राख्न नहुनेमा काँग्रेस र एमाले सहमत, पुनः अर्का बैठक बस्ने निर्णय - 08th August 2010, Sunday |
| नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच प्रधानमन्त्री
निर्वाचनमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ। सिंहदबारस्थित
नेकपा एमालेको संसदीय दलको कार्यालयमा भएको छलफलमा मुलुकलाई अनिर्णयको
अवस्थामा राख्न नहुनेमा दुवै दल सहमत भएका छन्। Read More |
|
|
| चितवनमा यति एयरलायन्सको एन ९५ एएचवाई बिमानको परीक्षण उडान - 08th August 2010, Sunday |
| यति एयरलायन्सले शुक्रवार चितवनमा ठूलो जहाजको परीक्षण
उडान भरेको छ। काठमाण्डौवाट भरतपुर बिमानस्थलमा गरिएको एन ९५ एएचवाई को
बिमान परीक्षण उडानमा पूर्ण सफलता पाएको यती एयरले जनाएको छ। Read More |
|
|
| नेपाली काँग्रेसको महाधिवेशन मिति सर्यो, असोज १ देखि ५ गतेसम्म महाधिवेशन गर्ने काँग्रेस केन्द्रीय समितिको निर्णय - 08th August 2010, Sunday |
| नेपाली काँग्रेसको बार्हौं महाधिवेशनको निर्धारित मिति सरेको छ। राजधानीको
सानेपास्थित पार्टी कार्यालयमा बसेको काँग्रेस केन्दीय समितिको बैठकले
तयारी पुरा नभएको भन्दै तिन साता पछाडि महाधिवेशन सार्ने निर्णय गरेको हो।
Read More |
|
|
| भुटानी शरणार्थी शिविरमा गोली चल्यो - 24th July 2010, Saturday |
| बेलडाँगी-१ स्थित भुटानी शरणार्थी शिविरमा गएराति अज्ञात व्यक्तिले हानेको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्।
शिविरको सेक्टर-१ जी-३मा बस्ने २१ वर्षीय सविर सुब्बा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read More |
|
|
| मधेसी मोर्चाको समर्थनमा सत्र गतेको निर्वाचनबाट पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुने - 24th July 2010, Saturday |
| मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका महासचिव जीतेन्द्र
देवले साउन सत्र गते मुलुकले नयँा प्रधानमन्त्री पाउने विश्वास व्यक्त
गर्नुभएको छ। Read More |
|
|
| बहुमतीय सरकार गठन भए मुलुक दुर्घटनामा फस्ने एमाले अध्यक्ष खनालको भनाइ - 24th July 2010, Saturday |
| नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फेरीपनि बहुमतिय सरकार
गठन भए मुलुक भड्खालोमा जाने दाबी गर्नुभएको छ। उहाँले १७ गते हुने
प्रधानमन्त्रीको चुनावलाई पनि खोक्रो ब्यायामको संज्ञा दिनुभएको छ। Read More |
|
|
| सञ्चार उद्यमी हेमराज धितालको हत्याको सर्वत्र विरोध, हत्यारालाई कारबाही गर्न सरकार प्रतिबद्ध - 24th July 2010, Saturday |
| सरकार तथा विभिन्न राजनीतिक दलले पटक पटक प्रतिबद्धता जनाए
पनि सञ्चार क्षेत्र सुरक्षित बन्न सकेको छैन। Read More |
|
|
| नयाँ सरकार गठन हुन नसक्दा संविधान निर्माण कार्य प्रभावित - 24th July 2010, Saturday |
| सभामुख सुवास नेम्वाङले पछिल्लो राजनीतिक घटनाक्रमबारे
प्रधानमन्त्री माधवकुमार नेपालसंग छलफल गर्नुभएको छ। प्रधानमन्त्रीलाई
भेट्न आज विहान उहाँकै निवास वालुवाटार पुग्नुभएका सभामुख नेम्वाङले नया
सरकार गठन र संविधान निमार्णका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री निकट
स्रोतले जानकारी दिएको छ। Read More |
|
|
| डोल्पामा पहिरोले बगाएर एकै परिवारका १० जना बेपत्ता - 20th July 2010, Tuesday |
| डोल्पामा पहिरोले बगाएर एकै परिवारका १० जना बेपत्ता भएका छन। पहिरोले
डोल्पाको लाहा गाविस बडा नं. ५ मा पर्ने करमघाट गाउ पुरै बगाएको छ। पहिरो
जाँदा लालवहादुर रोकायाको १० जनाको परिवार बेपत्ता भएको हो। Read More |
|
|
| नयाँ सरकार गठनमा साझा दृष्टिकोण बनाउनका बसेको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न - 20th July 2010, Tuesday |
| नयाँ सरकार गठनको सिलसिलामा साझा दृष्टिकोण बनाउनका संयुक्त मधेसी
लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ। सिंहदरवारस्थित तराई मधेस
लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा आज विहान बसेको बैठकले अन्य
दलका प्रधानमन्त्रीलाई सहयोग गर्ने या मधेसी दलहरुवाट नै प्रधानमन्त्रीको
उम्मेदवारी दिने विषयमा भने टुंगो लगाउन सकेन। Read More |
|
|
| संविधानसभामा प्रतिनिधित्व गर्ने साना पन्ध्र दलले नयाँ सरकार गठनबारे आफ्नो धारणा आज सार्वजनिक गर्दै - 20th July 2010, Tuesday |
| संविधानसभामा प्रतिनिधित्व गर्ने साना पन्ध्र दलले
नयाँ सरकार गठनबारे आफ्नो धारणा आज सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित नेकपा
मालेको संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले राष्ट्रिय सहमतिमा जोड
दिँदै नयाँ सरकारका लागि आज दिउँसो बैठक बसी निर्णय गर्ने भएका छन्। Read More |
|
|
| बाढी र पहिरोका कारण मालढु्गा –बेनी सडक अबरुद्ध, प्यूठानमा यातायात ठप्प, कैलालीमा एकसय भन्दा बढी घर डुबानमा - 20th July 2010, Tuesday |
| पर्वतको माझाफाँटमा गएको पहिरोका कारण पर्वत गएरातिदेखि
पर्वत बेनी यातायात अबरुद्ध भएको छ। यातयात अबरुद्ध हुँदा पर्वतको मिलनचोक र
म्याग्दीको बेनीमा यातयातका साधन रोकिएका छन्। पहिरो पन्छाउन पश्चिमाञ्चल
सडक डिभिजन कार्यालय पोखराबाट डोजर मगाईएको प्रहरीले जनाएको छ। Read More |
|
|
Total News News : 1273 |