तीन पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै स्पेन विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश - २०६७ आषाढ २४, विहीवार तीन पटकको विश्व विजेता जर्मनीलाई पाखा लगाउँदै स्पेन पहिलो पल्ट विश्व कप
फुटबलको फाइनलमा प्रवेश गरेको छ। बाँकी अंश
क्षेत्र नम्बर १ विराटनगरलाई हराउँदै क्षेत्र नम्बर ३ काठमा48डौ एकदिवसीय क्रिकेटको उपाधि जित्न सफल - २०६७ ज्येष्ठ ३०, आइतवार पारस खड्काको उत्कृष्ट ब्याटिङ्ग प्रदर्शनसँगै
क्षेत्र नम्बर एक विराटनगरलाई छ विकेटले हराउँदै क्षेत्र नम्बर तीन
काठमाडौं राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको
छ। बाँकी अंश
राष्ट्रिय क्रिकेट प्रतियोगिता बहिस्कार गरेका २० जना राष्ट्रिय खेलाडीद्वारा प्रतियोगितामा सहभागी हुने निर्णय - २०६७ ज्येष्ठ १५, शनिवार राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता बहिस्कार गरेका बीस जना
राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन्।
खेलाडीहरुले प्रतियोगिता खेल्ने सहमति जनाएपछि प्रतियोगिता पनि भोलिदेखि
हुने भएको छ। बाँकी अंश
एसीसी ट्रफी क्रिकेटमा नेपालद्वारा कुवेत ८ विकेटले पराजित, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा - २०६६ चैत्र २४, मंगलवार आयोजक कुवेतमाथि आठ विकेटको सानदार जीत दर्ता गराउँदै
नेपाल एसीसी ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
गरेको छ। लगातार चौथो जितसँगै नेपाल समूह विजेता बन्न सफल भएको हो। बाँकी अंश
तेक्वान्दो खेलाडीद्वारा मन्त्रालय तोडफोड - २०६६ चैत्र २२, आइतवार युथ ओलम्पिक खेलकुदमा तेक्वान्दोको सहभागिता नभएको विरोधमा गठित सङ्घर्ष समितिले आइतबार युवा तथा खेलकुद मन्त्रालय तोडफोड गरेको छ।
बाँकी अंश
नेपालको दोस्रो बिजयी - २०६६ चैत्र २१, शनिवार एसीसी एलार्इट कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानलार्इ ६ विकेटले
पराजित गर्दै लगातार दोस्रो बिजयी हासिल गरेको छ। बाँकी अंश
एसीसी ट्रफीः नेपालद्वारा हङकङलाई २ सय ३९ को लक्ष्य - २०६६ चैत्र १८, बुधवार एसीसी ट्रफीको बुधबार कुवेतमा भइरहेको पहिलो खेलमा हङकङबिरुद्ध
नेपालले २ सय ३९ को लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले ७
विकेट गुमाएर २ सय ३८
रनको लक्ष्य दिएको छ । बाँकी अंश
भारतकी टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानका क्रिकेटर सोएव मल्लिक विवाह बन्धनमा बाँधिने - २०६६ चैत्र १७, मंगलवार भारतकी टेनिस स्टार सानिया मिर्जा पाकिस्तानका क्रिकेट
खेलाडी शोएव मलिकसँग विवाह बन्धनमा बाँधिने भएकी छिन्। सानियाका बुवा
इजरान मिर्जाले यस खबरको पुष्टि गर्नुभएको हो। सानियाको परिवारबाट प्राप्त
बयानका अनुसार बैवाहिक कार्यक्रम आगामी एक महिनाभित्रमै सम्पन्न हुने
बताइएको छ। बाँकी अंश
नेपाली सेनाले मनागं मर्स्याग्दीलार्इ हरायो - २०६६ चैत्र १४, शनिवार राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत शुक्रबार भएको
पहिलो खेलमा थ्री स्टार क्लब तथा नेपाल प्रहरी बीच भएको खेल कुनै गोल हुन
नसकी बरावरीमा टुंगिएको थियो। बाँकी अंश
नेपाललाई पराजित गर्दै सिंगापुरद्वारा एलिट कप कब्जा - २०६६ चैत्र ३, मंगलवार नेपाललाई आफ्नै भूमिमा ६८ रनले पराजित गर्दै सिंगापुरले १६ वर्षमुनिको
एसियाली स्तरको एसीसी एलिट कपको उपाधि जित्न सफल भएको छ। १४७ रनको लक्ष्य
लिएर मैदानमा उत्रिएको नेपाल २२ ओभरमा ७८ रनमै समेटिएको थियो।
बाँकी अंश
नेपाल एसीसी यू-१६ क्रिकेटको फाइनलमा - २०६६ चैत्र १, आइतवार नेपाल एसीसी यू-१६ क्रिकेटमा मलेसियालाई ३२ रनले पराजित गर्दै फाइनल
प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल
खेलमा १ सय ६२ रनको
लक्ष्य पछ्याएको मलेसिया मात्र १ सय ३० रनमा समेटियो । मलेसियाको इनिङ
संकटमा पार्न विवेक चौधरी र राजीव शाहले ३-३, देवेन्द्र सोमरीले २ तथा
निश्चल पाण्डेले एक विकेट लिए ।
बाँकी अंश
अमेरिकी खेलाडीमाथि कुर्सी प्रहार गरे नेपाली दर्शकले - २०६६ फाल्गुन ३०, शनिवार भृकुटीमण्डपमा नेपाली मुक्केबाज भरत बिसुराल र अमेरिकी खेलाडी बिग भिटोबीच
खेल भइरहँदा दर्शकले आक्रमण गरेका छन्। रिङ नजिकै रहेका दर्शकले कुर्सी र
ढुंगाले प्रहार गरेपछि भिटो घाइते भएका छन्। बाँकी अंश
इण्डियन प्रिमियर लिग आइ.पि.एल तेस्रो सिजनको पहिलो खेलमा कोलकत्ता नाइड राइडर्सद्वारा डेक्कन चाजर्स एघार रनले पराजित - २०६६ फाल्गुन ३०, शनिवार शुक्रबार देखि भारतमा सुरुभएको इण्डियन प्रिमियर लिग आइ.पि.एल तेस्रो
सिजनको पहिलो खेलमा कोलकत्ता नाइड राइडर्सले डेक्कन चाजर्सलाई हराएको छ।
अत्यन्तै रोमाञ्चपूर्ण खेलमा नाइड राइडर्सले डेक्कन चाजर्सलाई एघार रनले
पराजित गर्न सफल भयो। बाँकी अंश
एसिसि यु १६ एलाइट कप क्रिकेटमा नेपालको विजयी यात्रा जारी, नेपालद्वारा कुवेत १०१ रनले पराजित - २०६६ फाल्गुन २६, मंगलवार निश्चल पाण्डेको अल राउण्ड प्रदर्शनसँगै एसिसि इलाइट कप क्रिकेट
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल कुवेतमाथि एकसय एक रनको सानदार
जित दर्ता गराउन सफल भएको छ। नेपालको यो लगातार दोश्रो जित हो। बाँकी अंश
एसीसी अन्डर सिक्सिटिन एलाइट कप क्रिकेटको पहिलो खेलमा नेपाल विजयी - २०६६ फाल्गुन २५, सोमवार एसिसि अन्डर सिक्सटिन इलाइट कप क्रिकेट प्रतियोगितामा नेपाल विजयी सुरुवात
गर्न सफल भएको छ। निश्चल पाण्डे एक्लैले चार विकेट लिँदा हङकङलाई छ
विकेटले हराउँदै नेपालले बिजयी शुरुवात गर्यो। टस जिति व्याटिङ रोजेको
हङकङका खेलाडीहरु निर्धारित चालिस ओभरको खेलमा पैतिस दशमलव चार ओभरमा
मात्र अठासी रनमा अल आउट हुन पुग्यो। बाँकी अंश
नेपालद्वारा अमेरिका ५ विकेटले पराजित - २०६६ फाल्गुन १६, शनिवार नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको
उपाधि जितेको छ। फाइनलमा अमेरिकालाई पाँच विकेटले पराजित गर्दै नेपाली
राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा ऐतिहासिक जीत हात पार्दै पहिलो
उपाधि जितेको छ। बाँकी अंश
पाँचौं खेलमा नेपाल पराजित - २०६६ फाल्गुन १५, शुक्रवार नेपालले पाँचौं खेलमा पराजित हुनुपर्यो । अमेरिकारा पाँच
विकेटको जीत । लक्ष्य १ सय ५७ बनाइएको थियो । १ सय ५७ रनको नयाँ
लक्ष तय गरियो । चार ओभर खेल घटाइएको थि यो ।बाँकी अंश
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपालको लगातार चौथो जित,नेपालद्वारा फिजी पराजित - २०६६ फाल्गुन १३, बुधवार आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको आफ्नो समूह चरणको चौथो खेलमा
नेपालले फिजीलाई पराजित गर्यो।कीर्तिपुरस्थित टियू खेल मैदानमा टस जितेर
पहिले ब्याटिङ गरेको नेपालले त्यति राम्रो सुरुवात गर्न नसकेपनि मध्यक्रमका
व्याट्स्यान कप्तान पारस खड्का र सरद भेस्वाकरले उत्कृष्ट पारी खेलेपछि
नेपाल अहिले बलियो स्थितिमा आइपुगेको हो। बाँकी अंश
आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभको तेश्रो खेलमा बहराईनद्वारा नेपाललाई जितको लागि एकसय पन्ध्र रनको चुनौति - २०६६ फाल्गुन १२, मंगलवार आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ अन्तर्गत समूह
चरणको तेस्रो खेलमा बहराइनले नेपाललाई जितको लागि एकसय पन्ध्र रनको चुनौती
प्रस्तुत गरेको छ। बाँकी अंश
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपाललाई लगातार दोश्रो जित, नेपालद्वारा सिंगापुर १६ रनले पराजित - २०६६ फाल्गुन १०, आइतवार आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपालले
लगातार दोस्रो जीत हातपारेको छ। समुह चरणको दोस्रो खेलमा नेपालले
सिंगापुरलाई सोह्र रनले पराजित गर्यो। खेलमा टसजित्दै पहिले व्याटिङ
गरेको नेपालले पचास ओभर पुरै खेल खेल्दै नौ विकेटको क्षतिमा एक सय असी
रनको योगफल तयार पारेको थियो। नेपालका लागि ब्याटिङतर्फ बसन्त रेग्मीले
सर्वाधिक चउन्न रन जोडेका थिए। बाँकी अंश
नेदरल्याण्ड्स र उरुग्वे विश्वकप फुटबलको सेमिफाइनलमा - २०६७ आषाढ १९, शनिवार
पाँच पटकको विश्व विजेता ब्राजिललाई दुई एक गोल अन्तरले
हराउँदै नेदरल्याण्ड्स विश्व कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रकवेश
गरेको छ। बाँकी अंश
आजदेखि विश्व कप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु सुरु हुँदै - २०६७ आषाढ १८, शुक्रवार
दक्षिण अफ्रिकामा जारी विश्व कप फुटबलअन्तर्गत आजदेखि
क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ। आज सात पैंतालीस बजेको पहिलो
क्वाटरफाइनल खेलमा सर्वाधिक पाँच पटकको विजेता ब्राजिलले नेदरल्याण्डसँग
प्रतिस्पर्धा गर्नेछ। बाँकी अंश
विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटर फाइनलमा जर्मनीद्वारा इंग्ल्याण्ड र अर्जेन्टीनाद्वारा मेक्सिको पराजित - २०६७ आषाढ १४, सोमवार
कार्लाेस टेबेजको दुई गोलसहित अर्जेन्टिनाले मेक्सिकोलाई
तीन एकले पराजित गर्दै विश्व कप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ
भने अर्काे खेलमा मुलरको दुई गोलमा चर्चित राष्ट्र इंग्ल्याण्डलाई चार
एकको सानदार नतिजामा हराउँदै तीन पटकको विश्व विजेता जर्मनी विश्व कप
फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। बाँकी अंश
डिफेन्डिङ च्याम्पियन इटली लिग चरणबाटै बाहिरियो, स्लोभाकिया, पाराग्वे, जापान र नेदरल्याण्ड विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश - २०६७ आषाढ ११, शुक्रवार
डिफेन्डिङ च्याम्पियन इटली विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाट
बाहिरिँदा पाराग्वे र स्लोभाकिया नक आउट चरणमा प्रवेश गरेका छन्। बाँकी अंश
नेदरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश - २०६७ आषाढ ६, आइतवार
विश्वकप फुटबल अन्तर्गत नवौं दिनको पहिलो खेलमा
एशियाली राष्ट्र जापान ग्रुपको शीर्षस्थानमा रहन चुकेको छ। जापानलाई दुई
पटकको उपविजेता नेदरल्याण्डले संघर्षपूर्ण खेलमा एक शुन्य गोल अन्तरले
पराजित गर्यो। नेदरल्याण्डका वेज्ले स्नेजडरले निर्णायक गोल गरेका थिए।
नेदरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बाँकी अंश
विश्वकप अन्तर्गत पाँच पटकको विजेता ब्राजिलको विजयी सुरुवात, पोर्चुगल र आइवोरीकोष्ट बराबरीमा, स्लोभाकिया र न्यूजिल्याण्डले एक एक अंकमा चित्त बुझायो - २०६७ आषाढ २, बुधवार
विन्सटन रेल्डले इन्जुरी टाइममा गरेको गोलसँगै
न्यूजिल्याण्डले विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको पहिलो
खेलमा स्लोभाकियालाई एक एक गोलको बराबरीमा रोकेको छ। खेलको सुरुवातमा
न्यूजिल्याण्डले केहि मौकाहरु गुमायो तर, यसपछि पुरा खेल अवधिभर
स्लोभाकिया न्यूजिल्याण्डविरुद्ध हावी भयो। पहिलो हाफको अन्तिम मिनेटमा
फ्रिकिकमा उत्कृष्ट संयोजन गर्दै हामसीकको राम्रो प्रहारलाई
न्यूजिल्याण्डका किपरले बचाए। बाँकी अंश
विश्वकप फुटबल अन्तर्गत सोमबारको डिफेण्डिङ च्याम्पियन इटाली पाराग्वेसँग बराबरीमा रोकियो, अन्य खेलमा नेरदल्याण्ड र जापान विजयी - २०६७ आषाढ १, मंगलवार
विश्वकप अन्तर्गते सोमबारको दोस्रो खेलमा होन्डाको एक
मात्र निर्णायक गोलको मद्दतले जापानले अफ्रिकन राष्ट्र क्यामरुनलाई एक
शून्य गोल अन्तरले पराजित गरेको छ। बाँकी अंश
विश्वकप फुटबलअन्तर्गत आजको पहिलो खेलमा स्लोभानियद्वारा अल्जेरिया पराजित, दोस्रो खेलमा घाना सर्भियासँग र तेस्रो खेलमा जर्मनी अष्ट्रेलियासँग भीड्दै - २०६७ ज्येष्ठ ३०, आइतवार
कोरेनको दोस्रो हाफको एक मात्र निर्णायक गोलको
मद्दतले विश्व कप फुटबलमा स्लोभानियाले अल्जेरियालाई एक शुन्य गोल अन्तरले
पराजित गरेको छ। खेलको पहिलो हाफमा भने अल्जेरियाले स्लोभानियालाई केहि
दबावमा राखेको थियो। बाँकी अंश
विश्वकप फुटबलको शनिवारको खेलमा दक्षिण कोरिया र अर्जेन्टिना विजयी, इंग्ल्याण्ड र अमेरिकाबीचको खेल बराबरी - २०६७ ज्येष्ठ ३०, आइतवार
एक पटकको विश्व विजेता तथा दावेदार राष्ट्र इंग्ल्याण्ड यस
पटकको विश्वकप प्रतियोगिताको आफ्नो पहिलो खेलमा अमेरिकासँग एक एक गोलको
बराबरीमा रोकिएको छ। बाँकी अंश
अर्जिन्टेनाले नाइजेरियालाई १-० ले पराजित ( Full coverage on abcsamachar.com प्रत्यक्ष खबरहरु) - २०६७ ज्येष्ठ २९, शनिवार
दक्षिण अफि्रकामा भइरहेको विश्वकप फुटवल २०१० को चौथों खेलमा दक्षिण
अमेरिकी मुलुक अर्जिन्टेनाले नाइजेरियालाई १-० ले पराजित गरेको छ ।
अर्जिन्टेनाले खेल सुरु भएको पाँचौ मिनेटमा हालेको गोल फर्कान नसकेपछि
नाइजेरिया पराजित भएको हो । बाँकी अंश
विश्वकप फुटबलको पहिलो दिनको दुइ वटै खेलमा बराबरी , साउथ अफ्रिकामा र मेक्सीको बीचको खेल एक–एक तथा फ्रान्स र उरुग्वेबीचको खेल गोल रहित - २०६७ ज्येष्ठ २९, शनिवार
दक्षिण अफ्रिकामा सुरु भएको विश्व कपको उद्घाटन खेलमा आयोजक राष्ट्र
दक्षिण अफ्रिका र मेक्सिको एक–एक गोलको बराबरीमा रोकिएका छन्। हजारौं
घरेलु समर्थकको साथ पाएको दक्षिण अफ्रिका विरुद्ध मेक्सिकोले पहिलो हाफमा
दबाबमुलक खेल खेले पनि दुवै टिम गोल गर्न असमर्थ रहे। बाँकी अंश
उन्नाइसौं विश्वकप फुटबल प्रतियोगिता आजदेखि सुरु, पहिलो खेल आयोजक दक्षिण अफ्रिका विरुद्ध मेक्सिको - २०६७ ज्येष्ठ २८, शुक्रवार
फुटबल खेलको महाकुम्भ मानिने विश्वकप फुटबल प्रतियोगिता
आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। प्रतियोगिताको १९ औं संस्करण एक
महिनासम्म चल्नेछ। विश्वकप फुटबलमा यसवर्ष ३२ राष्ट्रहरुको सहभागीता
रहनेछ। जसमा ६४ खेल हुनेछन्। बाँकी अंश
विश्वकप अगाडि मैत्रीपूर्ण खेलमा यूरोपियन च्याम्पियन स्पेनको सानदार जित - २०६७ ज्येष्ठ २६, बुधवार
यूरोपियन च्याम्पियन स्पेन विश्वकप अगाडिको
मैत्रीपूर्ण खेलमा स्पेन पोल्याण्डमाथि ६ शून्यको सानदार जित हात पार्न
सफल भएको छ। एकपक्षीय खेलमा स्पेनलाई जित दिलाउन भिल्ला, सिल्भा, अलन्जो,
फ्याबरियगाज, टोरेज र पेड्रोले एक एक गोल गरेका थिए। बाँकी अंश
पाँच पटकको विश्व विजेता ब्राजिलद्वारा मैत्रीपूर्ण खेलमा तान्जिनिया पाँच एकले पराजित - २०६७ ज्येष्ठ २५, मंगलवार
विश्व कप अगाडिको मैत्रिपूर्ण खेलमा पाँच पटकको
विजेता ब्राजिलले तान्जानियालाई पाँच एक गोल अन्तरले पराजित गरेको छ।
बाँकी अंश
डिफेन्डीङ्ग च्याम्पियन इटली बिश्वकप तयारी खेलमा मेक्सीकोसँग दुई एकले पराजित - २०६७ ज्येष्ठ २१, शुक्रवार
डिफेन्डीङ्ग च्याम्पियन इटलीलाई विश्वकपको वार्म अप
म्याचमा मेक्सीकोले दुई एक गोल अन्तरले पराजित गरेको छ। अघिल्लो वार्म अप
म्याचमा क्यामरुनसँग पनि गोल रहित बराबरीमा रोकिएको इटलीलाई यो हारले केहि
चिन्तामा पारेको छ। बाँकी अंश
विश्व नम्वर एक खेलाडी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाट वाहिर - २०६७ ज्येष्ठ २०, विहीवार
विश्व नम्वर एक खेलाडी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको
क्वाटरफाइनलबाट वाहिरिएकी छिन्। अमेरिकन स्टार सेरेनालाई वर्षको दोस्रो
ग्रान्डस्लाम टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा सातौं वरियताकी साम
स्टोसुरले पराजित गरिन्। बाँकी अंश
विश्व नम्बर एक खेलाडी रोजर फेडरर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश - २०६७ ज्येष्ठ १५, शनिवार
विश्व नम्बर एक खेलाडी रोजर फेडरर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश
गरेका छन्। डिफेन्डिङ्ग च्याम्पियन फेडररले जुलियन रेष्टरलाई छ–चार, छ–
शुन्य र छ–चारको सेटमा पराजित गरे। फेडररसँगै चौथो सिडेड ए48डी मरी पनि
अन्तिम सोह्रमा स्थान सुरक्षित गर्न सफल रहे। बाँकी अंश
विश्वकप फुटबल अगाडिको मैत्रीपूर्ण खेलमा सन् उन्नाइ सय अन्ठान्नब्बेको च्याम्पियन फ्रान्स विजयी, फ्रान्सद्वारा कोष्टारिका पराजित - २०६७ ज्येष्ठ १३, विहीवार
सन् उन्नाइस सय अन्ठानब्बेको विश्व विजेता फ्रान्सले
मैत्रिपूर्ण खेलमा कोस्टारिकालाइ दुई एक गोल अन्तरले पराजित गरेको छ।
हर्नान्डेजको गोलसँगै कोस्टारिकाले पहिले अग्रता बनाएपनि बाइसौं मिनेटमा
कोस्टारिकाका सेक्वेराले आत्मघाती गोल गर्दा खेल एक एक को बरावरीमा
पुग्यो। बाँकी अंश
पोटर्समाउथलाई एक शून्य गोल अन्तरले पराजित गर्दै चेल्सी एफ ए कपको उपाधि जित्न सफल - २०६७ ज्येष्ठ २, आइतवार
डिडिएर ड्रोग्बाको एकमात्र निर्णायक गोलको मद्दतले
पोर्टस्माउथलाई एक शून्य गोल अन्तरले हराउँदै चेल्सीले एफ ए कपको उपाधि
जितेको छ। फाइनल भीडन्तको पहिलो हाफमा चेल्सीले धेरै मौकाहरु गुमायो। बाँकी अंश
पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया आइसिसि विश्व कप टि ट्वान्टीको फाइनलमा - २०६७ ज्येष्ठ १, शनिवार
आइसिसि विश्व कप टि ट्वान्टी क्रिकेटको दोस्रो सेमिफाइलनमा अष्ट्रेलियाले
पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। पहिले
व्याटिङ गर्दै पाकिस्तानले निर्धारित बीस ओभरको खेलमा छ विकेटको क्षतिमा
एक सय एकानब्बे रनको विशाल स्कोर खडा गरेको थियो। बाँकी अंश